kumari
stcnepal

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्य विरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि अर्थमा सहसचिवहरूको सरूवा भएको हो । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा नरेन्द्र राना तोकिएका छन् ।

मन्त्रालयले प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई सरुवा गरेको छ । यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ । गत जेठ अन्तिम सातामा मात्रै प्रशासन महाशाखामा सापकोटालाई जिम्मेवारी दिइएको थियो । तर, दुई हप्ता नबित्दै उनको अन्यत्रै सरुवा भएको हो ।

सुशीला अर्याललाई समेत महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रुपमा तोकिएको छ ।

footer