kumari
stcnepal

बजेट रामो भएकाले बहुमतले पारित भयो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट राम्रो भएकोले बहुमतले पास भएको बताए।

यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो।’

footer