kumari
stcnepal

जनताको बहुदलीय जनवाद ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम होइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् ।एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।

‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए । सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्‍याउने दाबी गरे ।

‘मदन भण्डारी हाम्रो निकट, आफन्त, नेता, चिनेजानेको हुनुहुन्थ्यो र उहाँको अगुवाइमा भएकाले जबज कसरी छोड्ने भन्ने होइन’, ओलीले भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्‍यो । जबज कुनै ध्यान, तप आसन वा व्यायाम र तपस्याबाट आएको होइन ।’

footer