kumari
stcnepal

पूर्वसचिव सुरेश अधिकारी प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् । सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वडानम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेको सभामुखको सचिवालयले जनाएको छ  प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त छ ।

footer