kumari
stcnepal

सत्ता समीकरण फेरबदल हल्ला मात्रै : गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन,’ उनले भने, ‘मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

footer