kumari
stcnepal

ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाए

काठमाडौँ । सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् । मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाइएका हुन् । तर किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ ।‘बोलाउनुभएको हो तर किन भनेर थाहा छैन । उतै गएपछि थाहा हुन्छ’, उनको भनाइ छ ।

footer