kumari
stcnepal

संक्रमणाकालीन न्याय सम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा

काठमाडौँ । संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गरेको छ । बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको कार्यदल सदस्य जनार्दन शर्माले बताए ।

आजको बैठकमा द्वन्द्वकालमा भएका घटनामा सँजाय र पीडितसँग सहमति लिने विषयमा सहमति नजिक भएको उनको दाबी छ । ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय छन् । पीडितसँग सहमति लिने सन्दर्भ पनि छ । कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ । केही टुङ्ग्यायौँ केही बाँकी छ’, बैठकपछि सञ्चारकर्मीसँग शर्माले भने ।

कार्यदलका अर्का सदस्य रमेश लेखकले पनि बैठक सकारात्मक भएको बताए । टीआरसीमा देखिएका मुद्दाहरूलाई सहमति खोज्न कांग्रेस, एमाले र माओवादीबाट तीन सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादीबाट शर्मा सहित, कांग्रेसका लेखक र एमालेबाट महेश बर्तौला रहेका छन् । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बसेको हो । अर्को बैठक छिट्टै बस्ने शर्माले जानकारी दिए ।

footer