kumari
stcnepal

प्रतिनिधिसभाको नवनियुक्त सचिव सुरेश अधिकारीले लिए शपथ

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा बुधबार आयोजित एक समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए । सभामुख घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सोमबार सिफारिस गरेका थिए ।

footer