kumari
stcnepal

७७ जिल्ला मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण

काठमाडौँ । ७७ जिल्ला मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

footer