kumari
stcnepal

पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश

काठमाडौँ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो ।

फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

footer