kumari
stcnepal

अहिले मौद्रिक नीति यस्तो हुने भन्न मिल्ने अवस्था छैन : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार गर्ने बेला नभएको बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीतिको कमर्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेकोले आगामी मौद्रिक नीति कस्तो बन्छ भनेर भनिहाल्ने बेला नभएको बताएका हुन् । ‘अहिले मौद्रिक नीति यस्तो हुने भन्न मिल्ने अवस्था छैन । मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार हुन्छ,’ उनले भने । नीति तर्जुमा गर्दा अर्थतन्त्रलाई नै केन्द्रमा राखेर गरिने उनको भनाइ छ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रका केही क्षेत्र अत्यन्तै सबल छन् । तर, सरकारको वित्त आफैं दबाबमा छ । वास्तविक क्षेत्रमा निर्माण लगायत केही क्षेत्र भने समस्या छ ।’ चालुपूँजीमा १ करोडसम्म मार्गदर्शन लागु नहुने भन्दै उनले ५ करोडसम्मको कर्जा लिँदा ४ करोड ट्रम र १ करोडसम्म चालुपूँजी लिन सकिने बताए ।

‘साना व्यवसायलाई ब्याजदरमा प्रोटेक्सन गरेका छौं । नेपालकै कच्चा पदार्थमा आधारित उद्योग र साना व्यवसायलाई आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था छ,’ उनले भने । मौद्रिक नीतिको कमर्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेको उनले बताए ।

footer