kumari
stcnepal

जिम्बाबे बिरूद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

काठमाडौँ । भारतले जिम्बाबे विरुद्धको टी- २० लगातर तेस्रो जित हासिल गरेको छ ।

सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो । जिम्बाबेले दिएको १५३ रनको लक्ष्य पछाएको भारतले कुनै विकेट नगुमाएई १५.२ ओभरमा लक्ष्य पुरा गरेको थियो । भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए ।

यस अघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । यो जितपछि भारतले ५ खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछि लगातार तिन खेल भारतले जितेको छ । अब सिरिजको अन्तिम खेल आइतबार हुने छ ।

footer