kumari
stcnepal

नारायणी नदी किनारमा थप एक जना पुरूषको शव भेटियो

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

सिमलताल पहिरोमा परेका बसका यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् । आज बिहानमात्रै एक जनाको शव फेला परेको थियो । शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ ।

footer