kumari
stcnepal

सिसावारमा थप एक जनाको शव फेला

काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ ।

नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ ।

छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनले भने– ‘हामी पहिचान र पुष्टि गर्ने प्रयासमा छौँ ।’

footer