kumari
stcnepal

झापाको शनिश्चरेमा भारी वर्षा, बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने

काठमाडौं । झापाको शनिश्चरेमा भारी वर्षा भएको छ ।  शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार ती क्षेत्रका, छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ । खतराको संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा डोटीको पश्चिम सेती क्षेत्रमा ६५.२ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौंको पानीपोखरी र सिन्धुपाल्चोकको मानेखर्कमा ६३ मिलिमिटर वर्षा मापन भएको छ ।

footer