kumari
stcnepal

प्रधानमन्त्रीओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको  प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ ।

यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओलीको प्रमुख राजनीतिक सल्लाहकार भएका थिए । यस्तै खतिवडा २०७४ मा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।
footer