kumari
stcnepal

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् ।

यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ ।

footer