kumari
stcnepal

प्रधानमन्त्रीको निजी सचिवमा कुँवर नियुत्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् । उनले आइतबारदेखि सिंहदरबार पुगेर काम थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन् । मंसिर २०८०मा जनसंख्या मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए । उनले विगतमा आन्तरिक राजस्व विभागमा पनि १४ महिना महानिर्देशक भएर काम गरेका थिए । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी सचिवालयको नेतृत्व गर्नेछन् ।

विगतमा प्रधानमन्त्री कार्यालमा बस्दा उनले सिंहदरबारमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने कामको नेतृत्व गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुसार यो काम अघि बढेपनि कुँवरको सरूवा पछि अभियान अलपत्र परेको थियो ।

footer