kumari
stcnepal

दोलखा भीमसेनलाई आज फेरी आयो पसिना

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पौने १ बजेदेखि पसिना आएको हो । शिलाको दाँयापट्टीबाट पसिना आउन शुरु भै सबैतिर आएको र अहिले पनि जारी रहेको जनाइएको छ । गत शनिबार पनि शिलामा पसिना आएको थियो । दिउँसो १: ४७ देखि शुरु भै ३: ५१ बजेसम्म शिलाको बायाँतर्फ पसिना आएपछि विधिपूर्वक पूजापाठ गरिएको थियो।

भीमसेनको शिलामा पसिना आएपछि मुलुकमा अनिष्ट हुने पुरातन मान्यता रहँदै आएको छ । दोष कटाउन प्रचलित मान्यताअनुसार बाजागाजा सहित पूजाआराधना गर्ने चलन छ ।

footer