kumari
stcnepal

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जहाज दुर्घटना स्थलको निरिक्षण गरि घटनास्थलबाट फिर्ता

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् ।

बुधबार सौर्य एयरलाइन्सको विमान पोखरा जान त्रिभुवन विमानस्थलबाट उड्ने क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए । दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जना विमान चालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

footer