kumari
stcnepal

समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुस्ट्याइँ बेगर हतारमा समाचार सामग्री सम्प्रेषण नगर्नु : प्रेस काउन्सिल नेपाल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे एउटै समयमा जहाज कम्पनीको नाम, यात्रु र मृत्यु हुनेको सङ्ख्याबारे फरक फरक तथ्यका समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार भएको जहाज दुर्घटनाका विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या एउटै समयको न्युज पोस्टमा फरक फरक तथ्य सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण समेत भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘समाचार सम्प्रेषणका क्रममा आधिकारिक तथ्यको पुस्ट्याइँ बेगर हतारमा सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिल सम्पूर्ण सञ्चार माध्यम, पत्रकार, सामाजिक सञ्जालका प्रयोगकर्तालाई हार्दिक अनुरोध गर्दछ’, काउन्सिलले भनेको छ ।

footer