kumari
stcnepal

निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका प्रधानको संसदीय सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न सोधेका थिए ।बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् । सुनुवाइ सकिएपछि अर्को बैठक बसेर नियुक्त गर्ने नगर्ने निर्णय हुने समितिका सभापतिको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

footer