kumari
stcnepal

संसदीय सुनुवाइ समितिबाटअस्वीकृत हुने भएपछि प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफै फिर्ता लिए नाम

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्।

प्रधानले नाम फिर्ता लिएको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएको समितिका सचिवसमेत रहेका संघीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो। तर, कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैँ नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनी अनुरोध गरेका थिए।

त्यसपछि समितिको बैठक साँझ ५ बजे तोकिएको थियो। गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। उनको संसदीय समितिले सुनुवाइ गरिसकेको छ।

footer