kumari
stcnepal

संसदीय सुनुवाइ समितिको निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

 

footer