kumari
stcnepal

प्रधानमन्त्री ओलीको जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् ।मगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘जनताका काममा ढिलासुस्ती नहोस् । कामको भरसक डुप्लीकेसन नहोस्’, प्रधानमन्त्रीले भने, ‘समन्वयहीन ढंगले काम नहोस् ।’

उनले मन्त्रालयमा कतिपय समितिहरू बन्ने तर ती समितिहरूले काम नगर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिए । ‘समितिहरू बन्छन्, त्यसमा ५/६ जना सचिव र सहसचिव रहन्छन् तर त्यहाँ काम हुँदैन’, उनले भने, ‘मन्त्रीले सचिवलाई वा क–कसलाई अधिकार दिनुपर्छ अधिकार प्रत्यायोजन गर्ने, देश र जनताको हितको पक्षमा संविधान अनुसार काम गर्ने ।’ प्रधानमन्त्रीले सरकारी तनाखा खानेहरूले मिटिङ भत्ता नलिन निर्देशन दिँदै मितव्ययी हुनसमेत सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले सरकार परिवर्तनबारे लामो प्रष्टीकरण दिएका थिए । अहिलेको विद्यमान अवस्था सन्तोषजनक रहेन, त्यस अवस्थालाई परिवर्तन गरेर अगाडि बढाउनका लागि सरकार परिवर्तन गर्नुपरेको हो । यो कुरा मैले संसदमा पनि भनेको थिएँ । यति बेला दुईवटा देशका प्रमुख पार्टीहरू सरकारमा छन् । गएको चुनावबाट मात्र यी दुई पार्टी प्रमुख पार्टी भएका होइनन् । राजनीतिक हिसाबले राष्ट्रिय राजनीतिमा, समाजको परिवर्तन, जागरण र सामाजिक उत्थानमा, आर्थिक परिवर्तन, सुशासनमा असाधारण योगदान गरेर प्रमुख पार्टीको हैसियत प्रदान गरेका हुन् ।

एकताका एमाले र कांग्रेस ३३ र ३७ सिटमा झरे । तर प्रमुख फेरि पनि नेपाली कांग्रेस र एमाले नै भए । त्यतिवेला पनि यिनै पार्टीहरू प्रमुख पार्टी थिए । यिनीहरुको इतिहास छ, योगदान छ, दृष्टिकोण, अठोट र समाथ्र्य छ । त्यसरी यिनीहरु प्रमुख पार्टी बनेका हुन् । अहिले सिटको हिसाबले पनि प्रमुख पार्टी हुन् यिनीहरु । यी पार्टी राणाले सिध्याउन खोज्दा राणा, पञ्चायतले सिध्याउन खोज्दा पञ्चायत र राजाले सिध्याउन खोज्दा राजा सिध्धिएका थिए । जसले टाउकोमा हात राख्न खोज्छ उनीहरू सिध्धिएको इतिहासबाट गुज्रेर आएका हुन् यी पार्टीहरू । यी पार्टीले देशको अवस्था हेरेर परिवर्तनका लागि अहिलेको सरकार बनाएका हुन् । त्यसकारण यो सरकार धेरै महत्त्वपूर्ण सरकार छ कि यसको काँधमा असाधारण चुनौती छ । यसलाई असफल हुने छुट छैन । यो अन्तिम आलमन भने जस्तै हो । अन्तिम लास्ट हो भनेजस्तै हो । म ढुक्क रहन पनि आग्रह गर्न चाहन्छु कि यसलाई असफल हुने छुट छैन मात्र होइन यो कुनै हालतमा असफल हुँदैन । असफल हुन बनेको होइन, सफल हुन्छ । हामी हात बाँधेर बस्नेचाहिँ होइन । भाग्यमा छ भन्दैमा डाकोमा दुध दुहेर अडिँदैन भन्ने बुढापाकाले भनेजस्तै हाम्रो भाग्यमा असफल हुन लेखेकै छैन । तर फेरि डोकोमा दुध दुहेर र हात बाँधेर बसेर सफल हुँदैनौँ । त्यसका लागि हाम्रो प्रतिबद्धता चाहिन्छ ।

हामी यतिवेलै सफल हुनुपर्दछ । यस आर्थिक वर्षमै सफलताको संकेत दिनुपर्दछ । अर्को आर्थिक वर्षमा अझ ठुलो, ठुलो । मान्छेहरुले हल्ला फिँजाउन सक्छन्, भ्रम छर्न सक्छन् यो सरकार पनि कति दिन हो र ? अस्ति कसले तिथि तोक्दै गरेको सुनेको थिएँ । मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्नमात्र होइन ठुला पार्टीले बुझेर यो सरकार बनाएको हो ।ढल्ने त के ढलपल पनि हुँदैन । स्थिर र स्थायित्व भएको सरकार हो । गतिशील स्थायित्व । त्यसकारण सरकारको भविष्यबारेमा कुनै चिन्ता ? गइहाल्छ कि भनेर गर्नुपर्दैन । पौने चार महिनाअघि एकजना माननीयले रोष्ट्रममा उभिएर बोल्नुभएको थियो । सबै धोका खाएकाहरू एकै ठाउँ भएर धोकाबाट सिक्नुभयो के हुन्छ बुझ्नु भएको छ कि छैन ? भनेर । तर धोका खाएकाहरूले बदला लिनुपर्छ भन्ने होइन । अहिले देश बनाउन यसरी नगइनहुने भएकाले स्टेबल, रिलायवल र एक्सन ओरेन्टेट सरकार बनाएका हौँ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र जनतालाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो । ढुक्कसँग काम गर्नुस् । यो सरकारले केही देशका लागि गरौँ भनेर बनेको हो । व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष विपक्ष हेर्दैन । अव काम गर्दा कुनैपनि कुरामा ढिलासुस्ती नहोस् । कामको भरसक डुप्लीकेसन नहोस् । समन्वयहीन ढंगले काम नहोस् । कतिपय समितिहरू बन्छ त्यसमा पाँचजना सचिव र सहसचिव राखिन्छ तर त्यहाँ काम हुँदैन । काम गर्न सक्नेजति हिसाबले समिति बनाउने । गएपनि हुने नगएपनि हुने जस्तो होइन काम गर्ने खालका बनाउने र रेगुलर मिटिङ, रेगुलर प्रगति देखिने किसिमको हुनुपर्छ । हामी सबै सरकारी तनखा खाइरहने मिटिङमा बैठक भत्ता लिने गर्नुहुँदैन । अलिकति मितव्ययी बनाउनुपर्छ । अन्तर मन्त्रालय समन्वय गरेर हुने कामहरूमा बढी ढिलासुस्ती हुने गरेको सुनेको छु अबदेखि त्यस्तो हुनुहुँदैन ।

footer