kumari
stcnepal

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्बाट विश्वासको मत पाए

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् ।प्रदेशसभाको बैठकमा उपस्थित कूल १०७ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा हाम्रो नेपाली पार्टीका ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । उनले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका छन् ।

 

footer