kumari
stcnepal

प्रभु बैंकले एकै दिनमा बाग्लुङमा बिस्तार गर्यो ४ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैकले सोमबार जिल्लाको ढोरपाटन नगरपालिका ७, बोवाङ, निसीखोला ५, निसी, वडिगाड २, खरबाङ र वडिगाड ७, भिमगिठेमा गरि ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुको बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले उद्धाटन गरेका हुन् । प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ  प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको नयाँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

footer