kumari
stcnepal

शेयर कारोबारले आज कायम गर्यो नँया रेकर्ड

काठमाडौं । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ ।

footer