kumari
stcnepal

एकीकृत समाजवादीको केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगमा रहने नेताहरुको टुंगो लगाउन कार्यदल गठन गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल छन् ।

एक महिना अगाडि सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन यी तीन नेताको पद टुंग्याएर सकिएको थियो । त्यसपछि अघिल्लो कमिटीका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम ९३ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन् । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन । अर्को केन्द्रीय कमिटी बैठक १८ साउनमा बोलाइएको छ ।

footer