kumari
stcnepal

लागु औषधसहित एक जना पक्राउ

पर्सा। प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका -१३ मुर्ली बस्ने १९ वर्षीय बिक्रम सर्राफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल गरी जम्मा १०५० एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताएका हुन्   ।

footer