kumari
stcnepal

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध उजुरी परेको छ ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो ।रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी परेको अख्तियारले जानकारी दिएको छ ।

दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको निवेदकले दावी गरेका छन् ।

अख्तियारमा उजुरी दर्ता भइसकेकाले अनुसन्धान सुरु हुने अख्तियारले बताएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ ।

footer