kumari
stcnepal

एमसीसी बारे छलफल गनॅ गठबन्धनको बैठक आज १० बजे बस्दै

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।साझा धारणा बनाउने प्रयासमा यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

अमेरिकी सरकारले नेपालको संसद बाट एमसीसी पास गर्न यही फागुन १६ गते सम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर सत्ता साझेदार दलहरू  एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।

footer