kumari
stcnepal

आज न्याय सेवा आयोगको बैठक बस्दै

कायम मुकायम प्रधानन्यायाधीस दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कार्यकालमा अस्तव्यस्त भएको अदालतलाई पुरानै अवस्था फर्काउने गरी काम गर्न शुक्रबारको फुलकोर्टमा न्यायाधीशहरुले सुझाव दिएपछि कार्कीले आजका लागि न्याय सेवा आयोगको बैठक बोलाएका हुन् ।

आजको बैठकमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राणा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन ।

 

footer