kumari
stcnepal

प्रधानमन्त्री देउवाको एमसीसी अनुमोदनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेका छन् ।

आज साँझ प्रधानमन्त्री देउवा र अध्यक्ष ओली बिच प्रधानमन्त्री निवास बालुवाटारमा भएका भेटवार्ताका क्रममा देउवाले सो आग्रह गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र बाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदनमा सहयोगका लागि आग्रह गरेको एक नेताले बताए ।

सो क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेका थिए ।

भेटवार्तामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

 

 

footer