kumari
stcnepal

जसपाको बैठक आज बस्दै

आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बाट काठमाडौंमा सुरु हुँदैछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारी स्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचन सम्मको एजेन्डामा छलफल हुनेछ ।

‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्ने लगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले न्युज कारखानासँग भने, ‘साथै, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भए पछि केन्द्रिय बिभाग देखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।

 

 

 

 

 

footer