kumari
stcnepal

नेपाली काँग्रेस आन्तरिक छलफलमा, आजै एमाले सग वाताॅ गर्दै ।

नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा काँग्रेस नेताहरु बीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।

 

footer