kumari
stcnepal

बालुवाटारमा प्रधानमन्त्री, दाहाल, नेपाल बीच छलफल हुदै, एमसीसीकै बिषयमा कुरा हुने

सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच शनिबार साँझ छलफल हुन लागेको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दल बीच विवाद छ । कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन विना पारित हुन नहुने पक्षमा छन् ।

यही विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावना समेत बढेका बेला तीन नेता छलफलमा जुटेका छन् ।

 

 

 

 

footer