kumari
stcnepal

एमसीसीबारे निर्णय गर्न जसपाको बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु भएको छ । शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘अध्यक्ष उपेन्द्र यादव गठबन्धनको बैठक सकेर आएसँगै कार्यकारिणी बैठक सुरु भएको छ,’ ती नेताले भने, ‘बैठकमा एमसीसी सम्झौता र अन्य एजेन्डाहरूमा छलफल हुनेछ ।’

हिजो (शनिबार)  पाँच घण्टा लामो चलेको छलफलमा एमसीसीको विषयमा छलफल नै भएको थिएन । आज सत्तारुढ गठबन्धनले एमसीसी सम्झौतालाई केही व्याख्यात्मक घोषणा गरेर संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि जसपाको बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु एमसीसीका विषयमा विभाजित भइरहँदा सत्ता गठबन्धनमै रहेको जसपाले हालसम्म एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हिजो( शनिबार) जसपा बैठकमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सिफारिस गर्दा कसको हस्ताक्षर चलाउने भन्ने विषयमा विवाद भएको थियो । बैठक लगत्तै पार्टीका शीर्ष तीन नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईले अनौपचारिक संवाद गरेर यससम्बन्धी विवाद टुंग्याइसकेको जसपा स्रोतले जनाएको छ ।

footer