kumari
stcnepal

दाहाल भन्छन् : सभामुख र माधव नेपालसहितका १४ सासदको पद खारेज हुने भएपछि एमसीसीको पक्षमा उभिएको हुँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताएका छन् ।

माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरेका हुन् । प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’

गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मक टिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उनले बताए । बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणी पढेर सुनाएका थिए । दाहालको निर्णय प्रश्चात माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले दाहाललाई पार्टी सञ्चालन क्लब जस्तो गरी चलाएको भन्दै तिव्र असन्तुष्टी जनाउदै बानेश्वरमा एमसीसीका विरुद्ध र आफ्नै पार्टीले गरेको निर्णय विरुद्ध चर्का नारा लगाउदै विरोध गरिरहेका छन् ।

footer