kumari
stcnepal

पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गनॅ अदालतले दियो अनुमति

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

बुधबार शाह विरुद्ध एक नाबालिका गायिका माथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

 

 

 

footer