kumari
stcnepal

सुर्खेतमा प्रदशॅनकारी र प्रहरी बीच भिडन्त, दजॅन भन्दा बढी प्रहरी घाइते, आन्दोलन जारी

सुर्खेतमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । सोमवार साँझ देखि लगाइएको कफ्र्युको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र सुरक्षाकर्मीहरू बीच झडप भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले  जानकारी दिए । उनका अनुसार, आन्दोलनकारी सँगको झडपमा एक प्रहरी इन्स्पेक्टर सहित दर्जन बढी प्रहरी घाइते भएका छन् ।

उनले भने,‘हाम्रो इन्स्पेक्टर साहेब सहित केही प्रहरी घाइते भएको अवस्था छ,बाँकी म बुझ्दैछु ।’ कफ्र्युको अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन गर्न थाले पछि झडप भएको हो ।

घरबाहिर ननिस्कन माइकिङ गरिरहेको प्रहरी माथि आन्दोलनकारीले ढुंगा प्रहार गर्दा भएको झडपमा प्रहरीहरू घाइते भएका हुन् ।प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।एमसीसी पारित भए सँगै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक दलका कार्याकर्ताहरूले सोमवार तोडफोडमै उत्रिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलववार साँझ ७ बजेसम्म कफ्र्यु जारी गरेको छ ।

 

footer