kumari
stcnepal

आज पनि संसदमा एमालेको नाराबाजी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भए लगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन्।

गत २३ भदौ देखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी विपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।

footer