kumari
stcnepal

सांसद बानियाँलाई ५ दिनको म्याद थप

जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए ।

बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखेको प्रहरीले जनाएको छ ।

footer