kumari
stcnepal

नारायणकाजी श्रेष्ठ माओबादी बाट अलग हुन सक्ने, दाहाल-श्रेष्ठ बीचको वाताॅ निस्कर्ष बिहिन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ बीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्ष विहीन भएको स्रोतले बतायो ।

एमसीसी संसद बाट व्याख्यात्मक घोषणा सहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् । एमसीसी संसद बाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेता बीच दुरी बढेको छ ।

आज बिहानक‍‍ो छलफलमा प्रचण्डले पार्टी बाट अलग नहुन आग्रह गरेका थिए । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नु भएको छ” भनेको स्रोतले बतायो । रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन (अनन्त)ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

यस बीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको श्रेष्ठ निकट एक नेताले बताए ।

 

 

footer