kumari
stcnepal

अब पहिलेका जस्ता गल्तिहरू दोहोयाॅदिन : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी–कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै उनले २०७३ साल पछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तिहरु भएको स्वीकार गरे ।

विगतका गल्ति बाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने थापाले बताए । परिवर्तन पश्चात मुलुक त्रुटिपूर्ण मार्गचित्र बाट जबर्जस्ति अगाडी बढाइएकोले संकटको दलदलमा भासिएको उनको भनाइ थियो ।

थापाले राप्रविसं नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृति–विसंगतिको अन्त्यका लागि सक्रियतापुर्वक भुमिका खेल्न आग्रह गरे । सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ ।

footer