kumari
stcnepal

सिद्धान्त नमिल्ने कम्युनिष्टहरू सँग निर्वाचनमा तालमेल हुदैन : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गठबन्धन आगामी चुनाव सम्मका लागि नभएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिवार आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनाव सम्मका लागि होइन,’ उनले भने ।

सिद्धान्त र विचार नमिल्ने कम्युनिष्ट सँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गरे । उनले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

 

footer