kumari
stcnepal

जुवा तास खेलीरहेकाहरू पक्राउ, तीन लाख पचासी हजार बरामद

प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रूपैयाँ सहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखा बाट शनिबार बेलुकी नगद सहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक बहादुर रानाको टहरा भित्र जुवातास खेलेको सूचना पछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल इमाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

footer