kumari
stcnepal

सहमतिमै प्रधानन्यायाधीश माथी महाअभियोग लगाउने निणॅय : महरा

बाँके । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमति बाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।

पत्रकार डबल महतराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ नामक पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको नेता महराको भनाइ थियो । उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेता देखि कार्यकर्ता सम्म सबै जनतामा फर्किन आवश्यक छ ।” उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।

पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन् । पुस्तक माथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा. दीपेन्द्र रोकाया र पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए ।

footer