kumari
stcnepal

रंगेलीका नगर प्रमुख माओबादी बाट निष्कासित एमालेमा प्रवेश गर्ने

विराटनगर । नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टी बाट निष्कासन गरेको छ ।

उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  भोली बुधबार रंगेली आउँदैछन् । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यता समेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पालिका प्रमुखको पद बाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए । उनी माओवादी केन्द्र बाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता नै उनी एमाले सँग नजिकिएका थिए ।

 

 

footer