kumari
stcnepal

एमालेका अध्यक्ष ओलीको प्रश्न मतपत्र किन हरियो रङ्गको बनाउने

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज बसन्तपुरमा एमाले निकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उहाँले भन्नुभयो, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’ एमाले विरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उहाँले एमाले विरुद्ध गरिएका कार्य सच्याउन अध्यादेश बाट पनि सकिने बताउनुभयो ।

 

footer